Section 5
नेपाल गुणस्तर कार्यालयको स्थापना
(१) यस ऐनको उद्देश्य कार्यान्वयन गर्नको लागि नेपाल सरकारले नेपाल गुणस्तर कार्यालयको स्थापना गर्नेछ । यस कार्यालयको अंग्रेजीमा पूरा नाम नेपाल व्यूरो अफ स्टायण्डर्डस्र संक्षिप्त नाम एन.बी.एस. रहनेछ ।
(२) यस ऐनमा अन्यत्र लेखिएदेखि बाहेक नेपाल गुणस्तर कार्यालयको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :–
(क) परिषद्बाट गुणस्तर निर्धारण भएपछि प्रमाण–चिन्ह प्रयोग गर्न इजाजतपत्र वा गुणस्तरको प्रमाणपत्र दिने,
(ख) कुनै पदार्थ प्रकृया वा सेवाको गुणस्तर वृद्धि गर्ने सम्बन्धमा निरीक्षण गर्ने गराउने र आवश्यक प्राविधिक सल्लाह तथा निर्देशन दिने,
(ग) निरीक्षक नियुक्ति गर्ने वा तोक्ने,
(घ) इजाजतपत्र नवीकरण गर्ने, स्थगित गर्ने वा रद्द गर्ने,
(ङ) इजाजतपत्र दिंदा आवश्यक शर्त तोकी कबूलियत वा मन्जूरनामा गराउने,
(च) परिषद्को प्रशासकीय काम कारवाई गर्ने ।